बझाङ । बझाङको जयपृथ्वी नगरपालिकाले नगरपालिका स्तरीय ग्रेडवृद्धि परीक्षा स्थगित गरेको छ । नगरपालिका स्तरीय कक्षा ४ देखि ९ कक्षा सम्मको वार्षिक परीक्षा २०८१ मा सम्मिलित परीक्षार्थीहरूको ग्रेडवृद्धि परीक्षा स्थगित गरेको नगरपालिकाले जनाएको छ ।
उक्त परीक्षा सैद्धान्तिक तर्फ बढीमा दुई विषयमा न्यूनतम ग्रेड प्राप्त नगरेका वा अनुपस्थित रहेका परीक्षार्थीहरूको लागि वैशाख ६ देखि ९ गते सम्मको मिति तय गरिएको थियो ।
नेपाल शिक्षक महासंघले विभिन्न माग राखी राष्ट्रिय स्तरमा शैक्षिक हडतालको आह्वान गरेको कारण परीक्षा स्थगित गर्न परेको जयपृथ्वी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सिद्धराज पण्डितले बताए ।
नगरपालिकाले एक सूचना जारी गर्दै परीक्षार्थीहरूको ग्रेडवृद्धि परीक्षा अर्को सूचना प्रकाशित नभएसम्म स्थगित गरिएको बताएको छ ।

Leave a Reply