जगमान गुरुङको दाबी- ०८२ जेठ १५ गते गणतन्त्र अन्त्य हुन्छ (भिडिओ)

काठमाडौं । राजतन्त्र पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक जगमान गुरुङले जेठ १५ गते गणतन्त्र अन्त्य हुने घोषणा गरेका छन्।

पृथ्वी पथको आवश्यकता विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै गणतन्त्र दिवसकै दिन अन्त्य दाबी गरे।

उनले भने, ‘हाम्रो मान्यता के छ भने, कुनै मान्छे मर्न पर्‍यो उसको जन्म महिना, बार, कहिले छ त्यहीले मर्छ भनिन्छ। यो गणतन्त्रको घोषणा कहिले भयो, जेठको १५ गते होइन ? जेठ १५ गते गणतन्त्र दिवस मनाउँछन् नि, यसको अन्त्य पनि ०८२ साल जेठको १५ गते हुन्छ। त्यही हो कुरा।’

उनले आफूहरूले आन्दोलन अगाडि बढाउनेबारे छलफल गरिरहेको बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *