‘के घर के डेरा : घर नं २’ सिक्वेल हो या नयाँ चलचित्र, के भन्छन् निर्देशक दिपेन्द्र के खनाल ?

काठमाडौं । निर्देशक दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘के घर के डेरा : घर नं २’ यहीँ जेठ २ गतेबाट रिलिज हुँदैछ। यो चलचित्रको केही दिन अगाडि टिजर रिलिज गरिएको थियो।

चलचित्र बन्ने घोषणा भएबाटै धेरै दर्शकमा यो चलचित्र ‘के घर के डेरा’ को दोस्रो भाग अर्थात् सिक्वेल भएको हुन सक्ने अनुमान थियो। नाम उस्ता उस्तै भएकाले पनि धेरै दर्शकलाई यो चलचित्र ‘के घर के डेरा’ को दोस्रो भाग नै भएको भन्ने थियो।

तर निर्माण पक्षले भन्ने यसबारे केही प्रतिक्रिया दिएको थिएन। के साँच्चै निर्देशक खनालले बनाएको ‘के घर के डेराः घर नं २’ दुई वर्ष अगाडि रिलिज भएको ‘के घर के डेरा’को सिक्वेल हो ? वा यो पुरै नयाँ कथावस्तु भएको नयाँ चलचित्र हो ?

निर्देशक खनालका अनुसार ‘के घर के डेराः घर नं २’ कुनै चलचित्रको सिक्वेल हैन। उनी भन्छन्, ‘हामीले अहिले बनाएको चलचित्र ‘ुके घर के डेरा’को सिक्वेल होइन । चलचित्रमा घर र डेराको कुरा छ तर यो सिक्वेल भने होइन। यो पुरै नयाँ चलचित्र हो । यसमा बिलकुलै नयाँ कथा हो।’

‘के घर के डेरा’ कमेडी जनरामा बनेको चलचित्र थियो। ‘के घर के डेराः घर नं २’ भने सोसल ड्रामा भएको निर्देशक खनाल बताउँछन् । ‘यो चलचित्रमा मेरो ओर्जिनल फ्लेबर आउँछ। यो चलचित्रमार्फत म आफ्नो जनराको सिनेमामा फर्किएको छु, उनी बताउँछन्।

यो चलचित्रको कथा साहित्यकार बुद्धिसागरले लेखेका छन् । उनको यो पहिलो स्क्रिप्ट हो । कलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, सृजना नापित, सन्जोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारलगायतको अभिनय छ ।

चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो । कृष्णबहादुर थापाको छायांकन रहेको चलचित्रको निर्मातामा नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन् । चलचित्रको कार्यकारी निर्मातामा भने युवराज कार्की छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *