सरकारका गलत कामका कारणले धमिलो पानीमा माछा मार्ने दुस्साहस हुँदैछ : प्रचण्ड (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय कहीँ न कहीँ आफ्नो वर्गप्रतिको एकता कमजोर हुँदै गएको स्वीकारेका छन्।

उनले अहिले आफूहरू आत्मालोचनासहित उत्पीडित वर्ग र समुदायको हक अधिकारलाई समाजवादको दिशामा अगाडि बढेको बताए।

नेवाः राष्ट्रिय मुक्ति मोर्चाको खबरदारी सभालाई सम्बोधन गर्दै नेवा समुदायको पहिचान पूरै स्थापित नभएसम्म माओवादी केन्द्रले साथ नछाड्ने बताए।

उनले राजावादीहरूलाई लक्षित गर्दै भने, ‘तपाईँहरूले पनि साथ दिनुस्, अहिले प्रतिगामी षड्यन्त्र जो देखा पर्न खोजेको छ। त्यो अहिलेको सरकारका गलत कामका कारणले धमिलो पानीमा माछा मार्ने दुस्साहसजस्तो गरेका छन्। त्यो सफल हुने छैन।’

उनले प्रतिगामी षड्यन्त्रका विरुद्ध एकजुट हुन आह्वान गरे।

Comments

2 responses to “सरकारका गलत कामका कारणले धमिलो पानीमा माछा मार्ने दुस्साहस हुँदैछ : प्रचण्ड (भिडिओ)”

  1. Nagendra Avatar
    Nagendra

    प्रचण्ड सानु बिगत फर्केर हेरन न :
    १. भारतको लागि कम्फ़र्टेबल सरकार चलाउने प्रचण्ड आफै हैन त : अहिले सरकार कम्फर्तेबल भएन भन्ने दक्षिणको गुनासोको सम्बोधन गरेको हो ??
    २. भारतको भरण पोसनमा नेपाली युवाको बलिदानी भावनाको ‘क्यास’ गरेर चलाएको ‘जनयुद्द’ माथि प्रचण्डको स्वार्थि कदमले धोखा दिएको ठानेर पुन हतियार उठाएको ‘चन्द-माओबादि’ र देश टुक्र्याउञ्छु भन्दै हिडेको ‘सिके’ अब छैनन !! मन पोलेको हो ??
    ३. त्यो भन्दा पनि बढी : आफैलाई हेर त : राजनीतिको नीति, सिद्दान्त, नैतिकता, र मान्यता सबै मिल्काएर चरम दुस्मन किटान गरेको सक्ति संग : चुनाव अघि गठंबन्दन गरेर ‘निर्दलीयता’ को अभ्यास गर्ने प्रचण्ड आफैं हैनन् ??
    ४. अझ बढी : घरि एउटाको साथ् घरि अर्को को साथ् लेपासिन्दै सधै ‘टुप्पिचरो’ जस्तो टाउका कुल्चिन्दै राजनीतिलाई ‘कोठी’ जस्तो बनेर राजनैतिक ब्येभिचारमा उत्कृस्ट बनेका प्रचण्ड आफैं हैनन् ??
    यी ब्येवहारहरुले थियो लोकतन्त्रको जग बलियो बनाएको ?? वास्तवमा ‘झिङ्गे’ र च्याँखे’ भूमिकामा पोख्त प्रचण्ड यस्ता कर्म गर्न माहिर छन् : जुन दुनिया भुलाउन अहिले सम्म पर्याप्तै भएका छन् !!!
    ५. पीर नगर : प्रचण्ड आफुलाई जसरी एउटा गणतन्त्रको मशिहा अवतार व्याख्या गर्दै छन् नि त्यो बाँदर धपाउन बारीमा राखेको ‘बुख्याँचा’ जस्तै हो : नचिनुञ्जेल ‘हाउगुजी’ : चिने पछि ….. जागरुक जनताले चिनेका छन् : चिन्दै जाने छन् !!!

  2. Nagendra Avatar
    Nagendra

    अनि देश, लोकतन्त्र जोगाउन त्येस्तो नक्कली हैन ज्यान दिएर लाग्ने मान्छे छन् देशमा !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *