रामकुमारीलक्षित सुदेशको टिप्पणी- शिक्षकहरूको रचनात्मक आन्दोलनलाई रमिता देख्ने कस्ता शिष्य

काठमाडौं । नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य सुदेश पराजुलीले पार्टीकी नेतृत्व रामकुमारी झाँक्रीलाई लक्षित गर्दै टिप्पणी गरेका छन्।

नेतृ झाँक्रीले शिक्षकहरुले सरकारको कुरा नसुनेर काठमाडौंमा सडकमा रमिता देखाएको आरोप लगाएकी थिइन्।

झाँक्रीले फेसबुकमा लेखेको यो टिप्पणीको चर्को आलोचना भइरहेको छ। झाँकी र पराजुली दुवै विद्यार्थी आन्दोलनबाट राजनीतिमा आएका हुन्।

झाँक्रीको अभिव्यक्तिप्रति कटाक्ष गर्दै पराजुलीले फेसबुकमा लेखेका छन्, ‘आफ्नै गुरुहरूको रचनात्मक र सृजनशील आन्दोलनलाई रमिता देख्ने हामी कस्ता शिष्य हौं, गुरुहरूको आन्दोलनलाई सलाम छ ।’

उनले गुरुहरूलाई सडकमा ल्याउन बाध्य पार्नेहरूलाई लाजसरम लाग्नुपर्ने भन्दै रामराज्य नमागेका बताएका छन्।

Comments

One response to “रामकुमारीलक्षित सुदेशको टिप्पणी- शिक्षकहरूको रचनात्मक आन्दोलनलाई रमिता देख्ने कस्ता शिष्य”

  1. रवि Avatar
    रवि

    यी दुवै नाटकी पनि उत्तिकै हुन , धेरै ध्यान न दिये हुन्छ यीनका कुरामा !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *