काठमाडौं । सञ्चारिका समूहको अधिवेशनमा उम्मेदवार बनेका ४ जनालाई नेकपा एमालेनिकटको प्रेस चौतारी नेपालले साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको छ । सँगै एमाले पार्टीको सदस्यतासमेत खारेज गर्न भन्दै सिफारिस गरिएको छ ।

चौतारीका महासचिव हीरामान लामाले विज्ञप्ति निकाल्दै उक्त कारवाहीको जानकारी गराएका छन् ।कारवाही गरिएकाहरूमा पूर्वकेन्द्रीय सचिव लोग्सरी कुँवर, पूर्वकेन्द्रीय समिति सदस्य पवित्रा सुनार, केन्द्रीय सदस्य तारा चापागाईं र निर्वाचन आयोग पूर्वसदस्य दीपा रेग्मी छन् ।
सञ्चारिका समूहजस्तो गैरराजनीतिक संस्थामा कांग्रेस-एमालेनिकटका पत्रकार संगठनले भागबण्डा गरेर ‘नांगो हस्तक्षेप’ गरेकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।
उनीहरूमाथि संगठनको हितविपरीत अन्य पार्टीको उक्साहटमा उम्मेदवारी दिएको आरोप लगाइएको छ ।
बन्दना राणा, बबिता बस्नेतलगायतका अग्रजहरुले स्थापना गरेको पत्रकार महिलाहरुको विशुद्ध गैरराजनीतिक प्रकृतिको संस्थामा यसपटक प्रेस चौतारी र प्रेस युनियनले एमाले र कांग्रेसको बनाएर राजनीति घुसाएको आरोप छ ।
यसअघि यसरी उम्मेदवार बनेका कसैलाई पनि कारबाही गरेको इतिहास छैन ।
अध्यक्ष र उपाध्यक्षको उम्मेदवार बनेका चौतारीले कारबाही गरेका पवित्रा सुनार र लोग्सरी कुँवरलाई माओवादीनिकट प्रेस सेन्टरले समर्थन गरेको छ ।
यी दुवै पदमा अब प्रेस चौतारीकै सदस्यहरुबीच प्रतिस्पर्धा हुने भएको छ । कांग्रेसनिकट प्रेस युनियनले पाएको महासचिव पदमा राधा खनाल निर्विरोध भइसकेकी छन् । प्रेस चौतारीकी पवन वर्षा शाहले उम्मेदवारी फिर्ता लिएसँगै खनाल निर्वाचित भएकी हुन् ।
यो संस्था नेपाली महिला पत्रकारको सहभागिता, क्षमता अभिवृद्धि, र लैङ्गिक समानताका लागि लामो समयदेखि काम गरिरहेको अग्रणी संस्था हो ।
यसले महिला पत्रकारहरूको पेशागत दक्षता बढाउन तालिम, कार्यशालालगायतका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।
हेर्नुस् उम्मेदवारहरूको सूची


Leave a Reply