प्रचण्डले दोहोर्‍याए- देउवा प्रधानमन्त्री हुनुपर्थ्यो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारको हरेक कदम जनता र राष्ट्रको विपक्षमा गएको आरोप लगाएका छन्।

कपिलवस्तु कृष्णनगरमा आयोजित जागरण सभालाई सम्बोधन गर्दै सरकार उल्टो बाटोमा हिँडिरहेको टिप्पणी गरे।

उनले भने, ‘यो सरकारको काम भ्रष्टाचारीलाई कारवाही गर्नु होइन। रक्षा गर्नू काम हो। राम्रो काम गर्ने कर्मचारीलाई बर्खास्त गर्नु, नराम्रो काम गर्नेलाई खोजी खोजी पुरस्कार दिनु यो सरकारको काम हो। गएको केही महिनामै देखिसकेका छौं कुलमानजस्तो लोडसेडिङ गर्नेलाई अपमानजनक ढंगले हटाउने काम भयो। सरकारका हरेक क्रियाकलाप राष्ट्रको विपक्षमा गइरहेको छ।’

उनले यो सरकार बनेपछि छिमेकीहरुसँगको सम्बन्ध कमजोर भएर अन्तराष्ट्रिय स्तरमा नेपालको इज्जत कमजोर भएको जिकिर गरे। उनले संख्याको बलमा सरकारबाट हटाएको भन्दै आफूले विश्वासको मत लिएपछि ठूलो दलको हैसियतले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुनुपर्ने दोहोर्याए।

Comments

2 responses to “प्रचण्डले दोहोर्‍याए- देउवा प्रधानमन्त्री हुनुपर्थ्यो”

  1. ksp pyl Avatar
    ksp pyl

    चुनाव हुने बितिक्कै देउवा हुनुपर्नेमा एमालेतिर मिलेर प्रधानमन्त्री खाने बेईमानले यस्ता कुरा गर्दा लोकले के भन्ला पनि लाग्दो रहेनछ । माओवादी लाज शरम पचेको निस्कियो ।

  2. Tara Sharma Avatar
    Tara Sharma

    अनि लाज सरम पचेपछि र बेइमान भएपछि नै माओवादी र पुकदाको‌ हनुमान हुने होइन र? यो कुनै नौलो कुरा हो र?

Leave a Reply

Your email address will not be published. Required fields are marked *