सरकारलाई विश्वप्रकाशले भने- शिक्षकसँगै निजामती कर्मचारी पनि सडकमै जाने वातावरण नबनोस् (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले शिक्षकहरुको माग वार्ताबाट तत्काल समाधान गर्नको लागि सरकारलाई ध्यानाकर्षण गराएका छन्। राज्य, व्यवस्था तथा सुशासन समितिमा बोल्दै शिक्षकहरुलाई जस्तै निजामती कर्मचारीलाई पनि सडक आन्दोलन आउन रोक्न बेलैमा सचेत हुन आग्रह गरे।

उनले भने, ‘यो बैठकमा आउँदैगर्दा केहीबेर जाममा परें, त्यो नियमित प्रकृतिको जाम थिएन। त्यो शिक्षक आन्दोलनको जाम थियो। सडकमा भएको अस्थव्यस्तताई राज्यव्यवस्थाले पनि ख्याल गरोस्। सरकारले आन्दोलनरत शिक्षकहरुसँग संवाद र वार्ताबाट समाधान खोजेर कक्षाकोठामा फर्काउनुपर्छ। चाँडै १२ को परिक्षा पनि सुरु हुँदैछ। त्यसैले निजामती कर्मचारीलाई पनि उनीहरुलाई जस्तै सडकमै जाने वातावरण बनाउन हुँदैन। सरकारको ध्यान जाओस्।’

उनले निजामती कर्मचारी भनेको त राज्यकै अंग भएको बताए।

उनले थपे, ‘एउटा सिडिओ कार्यलयमा होस् वा गाउँपालिकामा काम गरिरहेको कर्मचारी होस्, उनीहरुलाई उत्प्रेरित गर्नेगरी काम गर्न सकिएन भने विधेयक आयो तर नयाँ पन आए भन्ने हुन्छ। विधेयकहरु नयाँ विधेयक होइन नयाँ पनको खोजीमा छन्। अहिले यहाँ उहाँले ज्ञापनपत्र बुझाउनुभएको छ। विभिन्न संगठनसँग जोडिएका साथीहरु हुनुहुन्छ। विधेयक बनिसकेपछि हामीले सबैलाई चित्तबुझ्दो बनाउन परिपक्को हुनुपर्छ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *