मदन भण्डारी प्रतिष्ठानको बोर्ड तोडफोड आरोपमा पक्राउ परेकाहरू छुटे

हेटौंडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालको बोर्ड तोडफोडको आरोपमा पक्राउ परेका ६ जनालाई छाडिएको छ ।

बोर्ड तोडफोडको आरोपमा पक्राउ परेका सुनिल गिरी, सफल अधिकारी, विशालराज महत, अस्मित अधिकारी, समुन्द्र दाहाल र राजकुमार घिमिरेलाई केहीबेरअघि मकवानपुरकी सीडीओ स्किम श्रेष्ठको फैसलाअनुसार छाडिएको हो ।

बागमती प्रदेश सरकार मातहतमा रहेको प्रतिष्ठान र हेटौंडा अस्पताललाई अलग-अलग बनाउनुपर्ने माग सहित आन्दोलनरत समुहले गत चैत्र ३० गते अस्पतालको बोर्ड तोडफोड गरेको भन्दै मकवानपुर प्रहरीले विहीबार नियन्त्रणमा लिएको थियो ।

पक्राउको विरोधमा आज हेटौंडामा कांग्रेस-माओवादी, नेकपा एस र रास्वपाका नेता कार्यकर्ताले प्रदर्शन गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *