दाङ । कपिलवस्तुको शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरीमाथि गए राति गोली प्रहार भएको छ ।
गए राति करिब राति साढे ११ बजे अध्यक्ष चौधरीलाई निशाना बनाएर गोली हानिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डीएसपी मोहनमणि अधिकारीले जानकारी दिए ।
राति विद्युत् गएको समयमा चौधरी शौचालय गएर फर्कने क्रममा आफू माथि गोली प्रहारको चौधरीले बताए । झम ट्वाइलेट गएर फर्किँदै थिएँ । अध्यक्ष चौधरीले भने, ‘ट्वाइलेटबाट निस्कनासाथ गोली हानियो । तर,मलाई लागेन ।’
प्रहरीका अनुसार अध्यक्षलाई हानिएको गोली घरको भित्तामा लागेको छ । घटनास्थलबाट एक थान गोलीको खोका बरामद भएको डीएसपी अधिकारीले जानकारी दिएका छन् । गोली हान्ने समूहको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।

Leave a Reply