मौसम खराबीको कारण उडान प्रभावित, विमानस्थलमा यात्रु खचाखच (भिडिओ)

काठमाडौं । मौसम प्रतिकुल हुँदा हवाई उडान प्रभावित भएको छ ।

मौसम खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएको हो ।

२ बजेदेखि उडान अवरुद्ध हुँदा विमानस्थलमा आन्तरिक यात्रुहरुको चाप बढेको छ । आन्तरिक उडान अवरुद्ध हुँदा गन्तव्यमा जान आएका यात्रुको चाप विमानस्थलमा बढेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएकाे छ ।

पोखरा, भैरहवा, नेपालगन्ज उड्ने विमानहरु डिले भएका छन् । यात्रुहरु खचाखच भरिएको छ । माैसमकाे कारण अन्तर्राष्ट्रिय उडान भने प्रभावित बनेकाे छैन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *