‘नेपालको पराराष्ट्रमन्त्री भएर बाहिर जाँदा पाउने इज्जतले भाग्यमानी ठान्छु, देशभित्र आउँदा डिप्रेसन हुन्छ’ (भिडिओ)

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले देश बन्दैन भन्नेहरूको पछि नलाग्न आग्रह गरेकी छन् । काठमाडौंमा आज एक पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै मिडियाहरूले पनि नकारात्मक कुराहरूलाई मात्रै प्रचार गरेको आरोप लगाइन् ।

उनले भनिन्, ‘म जहाँ जाँदा पनि नेपालको परराष्ट्रमन्त्री भनेपछि इज्जत दिन्छन् । अङ्ग्रेजी आएर कपाल-सपाल बनाएको भएर होइन । नेपालको परराष्ट्रमन्त्री भएर मैले त्यो इज्जत पाएको छु । त्यसमा मैले भाग्यमानी ठान्छु । यस्तो राम्रो देशको म परराष्ट्रमन्त्री बन्न पाएँ, तर देशभित्र आउँदा मलाई पनि डिप्रेसन हुन्छ। ढुङ्गा हालेको छ, गाली नै गरेको छ, नराम्रो नै भनेको छ। यसले चाहिँ ओभरल राष्ट्रिय माहोल पनि बिग्रिएको छ । जहिले पनि पेपर खोल्यो नराम्रो कुरा, मिडियाको त कामै त्यही हो। राम्रो कुराको रिपोटिङ हुँदैन, नराम्रो कुरालाई एकदमै हाइलाइट गरिन्छ ।’

उनले राजावादीको जुलुसमा हजार जना नआउँदा पनि कुनै देशका मिडियाहरूले सत्ता नै पल्टिन लागेजस्तो गरेर प्रचार गरेको गुनासो गरिन् ।

 

Comments

2 responses to “‘नेपालको पराराष्ट्रमन्त्री भएर बाहिर जाँदा पाउने इज्जतले भाग्यमानी ठान्छु, देशभित्र आउँदा डिप्रेसन हुन्छ’ (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    दिल्ली, माओवादीजस्ता दिल्लीका भाडाका टट्टु र ज्ञानेन्द्रका चम्चेहरू हुन् नेपालमा अस्थिरताका कुरा गर्ने, गाली गलौज गर्ने र विशेषत: ओलिलाई निशाना बनाउने ।

  2. bipin Avatar
    bipin

    Yemale ka Jhole stupid yetra tetra …@Ksp Pyl …..jati karaye pani ….yemale ko din gayee ….thuikaaa…jhole haru timra INGO ka din samjhera roirakha….

Leave a Reply

Your email address will not be published. Required fields are marked *