वैशाख ७ गते काठमाडौंको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने राप्रपाको निर्णय (भिडिओ)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी वैशाख ७ गते काठमाडौंको निषेधित क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । राजसंस्था पुन:स्थापनाको मागसहित आफ्ना नेताहरूको रिहाइको माग सहित राप्रपाले यो प्रदर्शन गर्न लागेको हो ।

आज बसेको कार्यसम्पादन समिति वैठकले सो निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिए । वैशाख ९ गते ७७ वटै जिल्लामा विरोध सभा गरिने पनि उनले बताए ।

लिङदेनले भने, ‘निषेधित क्षेत्रमा प्रदर्शन गरेर हामी सामूहिकरूपमा थुनामा रहन तयार भएका छौं । राजेन्द्र लिङदेन थुनिन तयार छ ।’

उनले आफूहरूको प्रदर्शन शान्तिपूर्ण नै हुने बताए ।

राप्रवाले पार्टीका नेताद्वय रविन्द्र मिश्र र डा. धवलशम्शेर राणाको निशर्त रिहाइका लागि कानूनी र राजनीतिक संघर्ष गर्ने निर्णय पनि गरेको छ ।

Comments

One response to “वैशाख ७ गते काठमाडौंको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने राप्रपाको निर्णय (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    यी अराजकलाई आजिवन जेल कोचिदिए हुन्छ । ज्ञानेन्द्रको जुत्ता लगाईदिएर मन्त्री खान हिडेका दासहरू ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *