विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीको नयाँ नेतृत्व चयनका निर्वाचनको तयारी भएको छ ।
सर्वसम्मत नेतृत्वको प्रयास विफल भएपछि निर्वाचनको तयारी भएको हो निर्वाचनमा २ वटा प्यानल बाट मनोनयन दर्ता भएको छ ।
अध्यक्षका आकांक्षी रोहित कोइराला र बलराम गिरी (नवीन) ले पूर्व घोषित प्यानलै उम्मेदवारी दर्ता गराएका छन् ।
बुधवार साँझसम्म उम्मेदवारी दर्ता गरिएपछि बिहीबार बिहानदेखि मतदान गर्ने गरी निर्वाचन कमिटीले निर्वाचन कार्यक्रम संशोधन गरेको हो ।
मङ्गलवार उद्घाटन भएको दोस्रो महानगर अधिवेशनले १०१ सदस्यीय महानगर कमिटी निर्वाचित गर्ने जनाइएको छ ।
कोइराला समूहबाट उपाध्यक्षमा राम पोखरेल, सचिवमा नवराज काफ्ले र उपसचिवमा प्रेमकला डाँगी र चन्द्र शेखर विश्वास उम्मेदवार छन् ।
ढकाल प्यानल भनिएका गिरी समूहबाट उपाध्यक्षमा सुवासप्रसाद न्यौपाने, सचिवमा विज्ञान शर्मा चापागाईँ, उपसचिवमा हिमा मैनाली पोखरेल, हामिद आजाद छन् ।

Leave a Reply