जनताको घरघरमा आगो लगाएर, मान्छे जलाएर राजतन्त्र फर्कँदैनः प्रचण्ड (भिडिओ)

रुपन्देही । नेकपा माओवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताको घरमा आगो लगाएर, मान्छे जलाएर अराजकता मच्चाउनेहरुले राजतन्त्रको सपना नदेख्न चेतावनी दिएका छन् ।

माओवादीले हुलाकी राजमार्गमा संचालन गरेको तराई मधेस अभियानका क्रममा आज पश्चिम नवलपरासीको पाल्हीनन्दनमा आयोजित जनसभामा बोल्दै उनले गणतन्त्रवादीहरुले शान्तिपूर्ण प्रदर्शन गरेकै दिन अराजकतावादीहरुले गरेको वितण्डाले उनीहरु कसको लागि के गरिरहेका छन् भन्ने प्रष्ट भएको जनाएका छन् ।

‘नेपाली जनताको अभिमतले नेपालमा गणतन्त्र आएको हो, यो कसैले दान दिएको विषय होइन बलिदानबाट आएको हो तर केही अराजकतावादीहरुले अहिलेको व्यवस्थालाई चुनौती दिँदै आएका छन्, त्यसैको कारण हामीले चलाएको अभियान रोकेर काठमाण्र्डौमा खबरदारी गरेर फर्केका हौं’ उनले भने ‘हामी अभियानमा रहेकैबेला राजावादीले वितण्डा मच्चाए, यो बीचमा हाम्रो अभियान केही ढिलाई भयो तर यसलाई निरन्तरता दिएका छौं, काठमाडाैंमा पनि खबरदारी गरियो, हाम्रो प्रदर्शनलाई विथोल्न राजावादीले अराजकता प्रदर्शन गरेका हुन् । जनताको घरघरमा आगो लगाएर, मान्छेलाई थुनेर आगो लगाएर क्रान्तिको हल्ला गरियो तर त्यो अराजकताले उनीहरुको उद्देश्य प्रष्ट भएको छ ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले गणतन्त्रको मुख्य हिस्सेदार माओवादी भएकै कारण यसका विरुद्ध हुने षडयन्त्रविरुद्ध सधै खबरदारीमा रहेको र सधै उपेक्षित, उत्पीडित र पछाडि पारिएको समुदायले साथ दिएको बताए ।

Comments

One response to “जनताको घरघरमा आगो लगाएर, मान्छे जलाएर राजतन्त्र फर्कँदैनः प्रचण्ड (भिडिओ)”

  1. samir Avatar
    samir

    त हत्याराहरुले पनि भारतीयहरुको षडयन्त्रमा १७००० नेपालीको बर्बर हत्या गरेर यो भ्रष्ट तन्त्र ल्याएको हैन र?!
    नेपालको दिर्घ अस्तित्वको लागि नेपालमा एउटा स्थायी र साझा संस्था आवश्यक छ। त्यो राजसंस्था नै हुनसक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *