गगनले भने- सरकारले नगर्नुपर्ने काम धेरै गर्दैछ, गम्भीर समीक्षा गर्नुपर्ने ठाउँमा आइपुगेका छौं

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारको गम्भीर समीक्षा गर्नुपर्ने ठाउँमा आइपुगेको बताएका छन्।

बारा ३ को प्रथम क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै जुन उद्देश्यले सरकार गठन भएको थियो त्यो अनुसार काम गर्न नसकेको बताए।

उनले भने, ‘अहिले कांग्रेस र एमाले मिलेर बनेको सरकार छ, यो सरकार बन्नुपर्थ्यो, पर्दैनथ्यो त्यो चरण अब सकियो। कांग्रेस र एमाले दुई ठूला प्रतिस्पर्धी पार्टीहरुबीचको सरकार ठूलो उद्देश्यले बनेको छ। तर त्यो उद्देश्य पूरा गरिनुपर्छ। यो पटक संविधान संशोधन र सुशासनको एजेण्डामा मिलेका हौं। तर यो सरकार बनेपछिको अहिलेसम्मको अवधिलाई हेर्दा जुन अपेक्षाअनुसार मिलेका थियौं त्यो पूरा हुन सकेको छैन। त्यसैले हामीले गम्भीर समीक्षा गर्नैपर्छ। जुन गतिमा हिँड्नुपर्ने त्यो हुन सकिरहेको छैन।’

उनले सरकारले गर्नुपर्ने निर्णय नगरेर नगर्नुपर्ने निर्णय गरिरहेको भन्दै आलोचना गरे। यद्यपि, कांग्रेस एमालेसँगको सहमतिमा प्रतिबद्ध रहेको भन्दै ०७४ सम्म सरकार अदलबदलमा नलाग्ने प्रष्ट पारे। उनले कांग्रेस आफ्नो कुरामा इमान्दार रहेको भन्दै अहिलेसम्म सरकार परिवर्तन कांग्रेसको कारणले गर्दा नभएको सुनाए।

Comments

One response to “गगनले भने- सरकारले नगर्नुपर्ने काम धेरै गर्दैछ, गम्भीर समीक्षा गर्नुपर्ने ठाउँमा आइपुगेका छौं”

  1. ksp pyl Avatar
    ksp pyl

    संयन्त्र छ । तिमी पनि त्यसमा छौ ।छलफल त्यहि गर न । किन गनगन धेरै । जुन दिनदेखि ओलिले गभर्नर काँग्रेसले भनेको व्यक्ति नियुक्त गर्न मानेनन त्यहि दिनदेखि गगन ओलि विरूद्व आक्रामक हुन थाले । यसबाट कतै गगनले कुनै पात्र बोकेका थिए र ओलिले ती पात्रलाई नियुक्त गर्न नमानेकोले छटपछाएका त होईनन ? नून खाए मात्र हो छटपटाउनुपर्ने । नत्र किन ल्याङ् ल्याङ् ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *