नेपाल महिला संघका २० केन्द्रीय सदस्यहरुले देउवालाई दिए सामूहिक राजीनामा

काठमाडौं । विधान बमोजिम कुनै कार्य नगरेको भन्दै नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल महिला संघका २० केन्द्रीय सदस्यहरुले सामूहिक राजीनामा दिएका छन् । हालसम्म नेपाल महिला संघले विधान बमोजिम कुनै पनि कार्यक्रम अघि बढाउन नसेकको राजीनामा पत्रमा उल्लेख छ ।

‘पटक-पटक हामीले व्यक्तिगत र सामूहिक रुपमा बैठक बसी आवश्यक निर्णय गरेर पारदर्शी तवरमा संगठनको क्रियाकलापहरुलाई सञ्चालन गरौं र हामीले दिएको अवधिभित्रमा नै तोकिएको जिम्मेवारी सम्बोधन गर्न आग्रह गरेको छौं’ राजीनामा पत्रमा भनिएको छ, ‘यी तमाम विषयहरुमा अध्यक्षज्यूले कुनै सुनुवाई र पहल नगरेका कारण अरु पार्टीको अशक्त भ्रातृसंस्थाको साख र यसको संगठन क्रमशः ओरालो लाग्दै गएको दुःखद अवस्थालाई टुलुटुलु हेरेर बस्न उपयुक्त नलागेको कारण पार्टी र नेपाल महिलासंघको सुदूर उज्ज्वल भविष्यका निमित्त नेपाल महिला संघको केन्द्रीय सदस्य पदबाट सामूहिक राजीनामा दिएका छौं ।’

राजीनामा दिनेमा चन्द्रादेवी जोशी, रिता शाही, छायाँ सुनार, डा. अमिता प्रधान शाक्य, उमा शिवाकोटी, रञ्जिता गिरी, डा. सिता घिमिरे, तारा थपलिया, नवोदिता चौधरी, भगवती केसी, मिरादेवी चन्द, पार्वती चन्द, गिता गुरुङ, रमा अर्याल, लिलाकुमारी नेपाल, राधा कुँवर, सुनिशा भेटवाल र पार्वती आचार्य रहेका छन् ।

राजीनामा दिने नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा समूहका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *