काठमाडौं । मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भक्त गभर्नर नियुक्त गर्न ६५ वर्षको मापदण्ड हटाउने निर्णय गरेको भएपनि अदालतले रोकिदिएको टिप्पणी गरेका छन् । उनले प्रधानमन्त्री ओलीले सधैं आफ्नो निहित स्वार्थमा चल्ने गरेको आरोप लगाए ।
‘संविधान र सर्वोच्च अदालतको आदेश उल्लंघन गर्दै एक पटक समेत गरी दुई पटक निहित स्वार्थमा प्रतिनिधिसभा विघटन गरेर कम्युनिष्ट पार्टी र जनताको आकाक्षामा तुषारापात गर्ने प्रधानमन्त्री केपी ओली कुशासनको आफ्नो भक्त गभर्नर नियुक्त गर्न ६५ वर्षको मापदण्ड हटाउने निर्णयलाई अदालतले रोकेको छ’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
कानून र लोकतान्त्रिक मान्यता मिच्ने सरकारका प्रधानमन्त्रीको सात बुँदे सहमतिमा लेखिएको सुशासन कुन दराजमा धुलोले ढाकिएको छ ? भन्दै प्रश्न गरे।

Leave a Reply