रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ।

कार्यवाहक सभापति डीपी अर्यालले बिहिबार दिउँसो ३ बजे पार्टी कार्यालयमा बस्ने गरी बैठक डाकेका हुन्।

बैठकमा पछिल्ला विकशित राजनीतिक घटनाक्रबारे छलफल हुने प्रवक्ता मनीष झाले बताए। उनका अनुसार बैठकमा पार्टीका आगामी गतिविधि, सदस्यहरूको रिपोर्टिङ हुनेछ।

सभापति रवि लामिछाने जेल चलान भएपछि पार्टीको आगामी रणनीति बैठकले तय गर्नेछ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *