प्रहरी महानिरीक्षकलाई गृहमन्त्रीको फोन- सिरहामा महिलाको मृत्यु प्रकरणको छानबिन गर्नू

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सिरहाको नवराजपुर गाउँपालिका ३ स्थित जगतपुरकी २४ वर्षीया आनन्दीदेवी सदायको मृत्यु प्रकरणबारे सत्यतथ्य छानबिन गर्न प्रहरी प्रशासनलाई निर्देशन दिएका छन् ।

करिब चार महिनाअघि यौन दुर्व्यवहारमा परेकी सदाय मङ्गलवार आफ्नै घरमा मृत फेला परेको घटनाको गृहमन्त्री लेखकले चासो व्यक्त गर्दै प्रहरी महानिरीक्षक दीपक थापालाई फोन गरी घटनाका सम्बन्धमा सत्यतथ्य छानबिन गर्न निर्देशन दिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

मृतकको शव परीक्षणका लागि लहानस्थित प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । घटनाका विषयमा विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *