रामेछापबाट लुक्ला उडेको जहाज काठमाडौंमा ‘फोर्स ल्याण्ड’ गर्दा त्रिभुवन विमानस्थल अवरुद्ध

काठमाडौं । त्रिभुवन विमानस्थलमा ५ मिनेट अवरुद्ध भएको छ । जहाजमा समस्या आएपछि जहाज हटाउने समयमा विमानस्थल अवरुद्ध भएको हो ।

रामेछापबाट लुक्ला जान लागेको सिता एयरको जहाजमा समस्या आएपछि काठमाडौंमा आकस्मिक अवतरण गर्दा विमानस्थल नै अवरुद्ध भएको हो ।

त्रिभुवन विमानस्थलका प्रवक्ता रेन्जी शेर्पाले १० बजेर ६ मिनेटदेखि १० बजेर ११ मिनेटसम्म विमानस्थल अवरुद्ध भएको बताए ।

उनका अनुसार अहिले सिताको जहाज पार्किङमा लगिएको छ । भने उडान र अवतरणमा केही समस्या छैन । जहाजको चेक जाँच भइरहेको छ ।

Comments

One response to “रामेछापबाट लुक्ला उडेको जहाज काठमाडौंमा ‘फोर्स ल्याण्ड’ गर्दा त्रिभुवन विमानस्थल अवरुद्ध”

  1. तीर्थमान Avatar
    तीर्थमान

    बाफरे पूरा ५ मिनेट अबरुद्ध भएछ ।
    ५ महिना देखि अबरुद्ध भएको समाचार चाहि किन प्राथमिकतामा आउदैन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *