विश्वका युवा नेताहरुमा अटाइन् सुनिता डङ्गोल- के लेख्यो वर्ल्ड इकोनोमिक फोरमले ?

काठमाडौं । विश्वका विभिन्न विधाका युवाहरु समेट्ने वर्ल्ड इकोनोमिक फोरमको युवा नेतामा काठमाडौं महानगरकी उपप्रमुख सुनिता डङ्गोल् ।

विश्वको चर्चित इकोनोमिक फोरमले डङ्गोललाई २९ उमेरमै काठमाडौं महानगरको उपमेयर हुँदा नेपालका ७५३ पालिकामा सबैभन्दा धेरै मतान्तरले जितेकोदेखि अक्सफोर्डमा मन्तव्य दिएको जस्ता थुप्रै आधार दिएर सुनिताको तारिफ गरिएको छ ।

नेकपा एमालेबाट उपमेयर उम्मेदवार बनेकी सुनिता डङ्गोल ६८ हजार ६१२ मत ल्याउँदा निकटम प्रतिद्वन्द्वी तत्कालीन ५ दलीय गठबन्धन बाट नेकपा समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मत ल्याएका थिए ।

सुनिता बारेमा फोरमले गरेको व्याख्याको भावानुवाद-

‘सुनिता डङ्गोल सानै उमेरदेखि सार्वजनिक जीवनमा सक्रिय छिन्। उनले रैथाने लिपिहरूको संरक्षणका लागि युवा नेतृत्वमा ‘क्यालिजात्रा’ भन्ने अभियानको स्थापना गरेकी छन् । मिस नेवा उपाधि जितेकी सुनिता काठमाडौं महानगरपालिकाको नगर योजना आयोगको सबैभन्दा कान्छी सदस्य बनिन् । उनी २९ वर्षको उमेरमा काठमाडौं महानगरपालिकाको उपमेयरमा ७५३ पालिकाहरूमध्ये सबैभन्दा बढी मतान्तरले विजयी भइन् ।

नेकपा एमालेबाट उपमेयर उम्मेदवार बनेकी सुनिता डङ्गोल ६८ हजार ६१२ मत ल्याउँदा निकटम प्रतिद्वन्द्वी तत्कालीन ५ दलीय गठबन्धन बाट नेकपा समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मत ल्याएका थिए ।

पछिल्ला वर्षहरूमा उनले अक्सफोर्ड विश्वविद्यालय र वल्र्ड टुरिज्म सिटिज फेडेरेसन समिटजस्ता प्रतिष्ठित कार्यक्रमहरूमा मन्तव्य दिएकी छन् । उनले काठमाडौंमा ‘वुमेन अफ वल्र्ड फेस्टिभल २०२४ पनि सफलतापूर्वक आयोजना गरिन् ।

सांस्कृतिक सम्पदा प्रवर्द्धन, युवाशक्ति सशक्तिकरण र शहरी नवप्रवर्तनमा समर्पित, सुनिता एक ऊर्जावान नेतृ हुन् । समावेशी शासनप्रणालीको पक्षधर भएर काठमाडौंका विविध समुदायहरूको आवाजलाई प्रतिनिधित्व गर्न निरन्तर दत्तचित्त छिन् ।

कलाप्रेमी सुनिता काठमाडौंको समृद्ध परम्पराको संरक्षण तथा पुनर्जीवनमा रुचि राख्छिन् र सगै दिगो शहरी विकासलाई पनि प्राथमिकता दिन्छिन् । युवाहरूका लागि प्रेरणादायी व्यक्तित्व र सांस्कृतिक दूतको रूपमा उनी नयाँ युगकी राजनीतिज्ञ हुन् जो परम्परा र आधुनिकताको पुल बनेर सन्तुलित भविष्य निर्माणको दिशामा क्रियाशील छिन् ।’

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *