घट्यो पेट्रोल-डिजेलको भाउ, कति पुग्यो ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

इण्डियन आयल कर्पोरेशनबाट आज प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रति लिटर पेट्रोलमा रु. ३.१५ र डिजेलमा रु. २.६२ ले घटेर आएपछि नेपालमा पनि मूल्य समायोजन गरिएको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।

लिटर पेट्रोलमा रु. ३ र डिजेल/मट्टितेलमा ३ रुपैयाँले घटाइएको छ । जसअनुसार अब पेट्राेलकाे पहिलाे वर्गमा प्रतिलिटर १५७.५, दाेस्राेमा १५९ र तेस्राेमा १६० रुपैयाँ तय भएकाे छ ।

घटेको मूल्य आजै राति १२ बजेदेखि लागू हुनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *