शिक्षक आन्दोलनबाट यातायात मजदुरको रोजीरोटी ठप्प भएको महासंघको भनाइ

काठमाडौं । सार्वजनिक यातायात केन्द्रीय व्यवसायी महासंघले शिक्षकहरुले जारी राखेको आन्दोलनका कारण यातायात मजदुरको रोजीरोटी ठप्प भएको जनाएको छ ।

महासंघले विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो । शिक्षकहरुको जारी आन्दालेनले बाटो अवरुद्ध हुँदा आफ्नो व्यवसायमा असर परेको भन्दै र आफ्नो अधिकारका विषयमा माग राख्दा अरुको अधिकार बञ्चित नगर्न पनि महासंघले आग्रह गरेको छ ।

महासंघका महासचिव भरत नेपालले जारी गरेको विज्ञप्तिमा शिक्षकहरुको निरन्तरको आन्दोलनले सडक अवरुद्ध भइ व्यवसाय हुन नसकेकोप्रति आपत्ति जनाउँदै सरोकारवाला समक्ष गम्भीररुपमा ध्यान दिन उल्लेख गरिएको छ ।

करिब दुई हप्तादेखि शिक्षकहरुले आफ्ना माग पूरा गराउन भन्दै आन्दोलन गरिरहेका छन् ।

Comments

One response to “शिक्षक आन्दोलनबाट यातायात मजदुरको रोजीरोटी ठप्प भएको महासंघको भनाइ”

  1. ksp pyl Avatar
    ksp pyl

    यी शिक्षकहरूको मुख्य माग स्थानीय तह अन्तर्गत नबसेर फुक्काफाल हुने हो । मजदुर र विद्यार्थीलाई बेहाल पारिदिने, निजीसँग पैसा खाएर रमिता गर्नेलाई अब जनताले लखेटने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *