चीन र भियतनामी कम्युनिष्ट शासकबीच समाजवादी बाटोमा हिँड्न सहकार्य गर्ने सहमति

काठमाडौं । चिनियाँ राष्ट्रपति सि चिनफिङले आफ्नो विदेश भ्रमण छिमेकी मुलुक भियतनामबाट सुरु गरेका छन् । आसियान क्षेत्रको भियतनाको सत्ताधारी कम्युनिष्ट पार्टीका महासचिव तो लामसँग सिले भेटवार्ता गरेका छन् ।

चिनियाँ विदेश मन्त्रालयकि प्रवक्ता माओ निङले सार्वजनिक गरेको जानकारीअनुसार दुई देशको कूटनीतिक सम्बन्ध स्थापनाको ७५ वर्ष परा भएको तथा एकले अर्काको स्वतन्त्रताको लडाइँमा सहयोग गरेको दुई महासचिवले कुरा गरेका थिए । ू

साथै दुई देशको आधुनिकिकरणमा सहकार्य भएको सवाल पनि उठेको बताइएको छ । चीनले छिमेक नीतिमा भियतनामलाई साथ दिएको भन्दै समाजवादी बाटोमा हिँड्न सहकार्य हुने छलफल भएको छ ।

आपति मतभेद हटाउँदै सुरक्षादेखि राजनीतिक सहकार्य गर्ने विभिन्न छ बुँदामा सहमति भएको पनि विदेश मन्त्रालयकि प्रवक्ता माओ निङले उल्लेख गरेकी छन् ।

Comments

One response to “चीन र भियतनामी कम्युनिष्ट शासकबीच समाजवादी बाटोमा हिँड्न सहकार्य गर्ने सहमति”

  1. Nick Kashyap Avatar
    Nick Kashyap

    अमेरिकाले पेलेपछी अब केही पाउछु की भन्दै भियतनाम हिडेछ , त्यता भेट्छस् लौका।

Leave a Reply

Your email address will not be published. Required fields are marked *