भाषा हराउँदै गए समाज कमजोर र विखण्डित हुन्छ : देउवा (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिमको भाषा हराउँदै गएकोप्रति चिन्ता व्यक्त गरेका छन् । देउडा समाजले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै भाषा हराउँदा समाज कमजोर र विखण्डित हुने उनले बताए ।

उनले भने, ‘सुदूरपश्चिमको भाषा हराउँदैछ के गर्नुहुन्छ ? कोही बोल्दैनन् आफ्नो भाषा सबै नेपाली बोल्छन्, हुँदाहुँदै छोराछोरी अंग्रेजी बोल्छन् । त्यसैले भाषा हराउँदै गइरहेको छ । भाषा ठूलो कुरा हो । जुन समाजको भाषा लुप्त हुन्छ हराउँछ, त्यो समाज कमजोर र विखण्डित हुन्छ भन्ने भनाइ छ । आफ्नो भाषा बचाउन संसारभर लडिरहेका छन्, बचाउन काम गरिरहेका छन् ।’

उनले सुदूरपश्चिमको भाषालाई बचाउनको लागि सबैलाई योगदान गर्न आग्रह गरे ।

Comments

One response to “भाषा हराउँदै गए समाज कमजोर र विखण्डित हुन्छ : देउवा (भिडिओ)”

  1. Nick Kashyap Avatar
    Nick Kashyap

    देशको मूल संस्कृती र धर्म चाही निरपेक्षता घोषणा गरेर खाइस्, अब २-४ भोट पाउन भाषाको मुद्दा भेट्यो यसले।

Leave a Reply

Your email address will not be published. Required fields are marked *