एमालेले ७ जनालाई ‘कम्युनिष्ट योद्धा’ का रूपमा सम्मान गर्ने, को-को परे ? (भिडिओ)

काठमाडौं । नेकपा एमालेले कम्युनिष्ट आन्दोलनमा योगदान गर्नेहरूलाई सम्मान गर्ने भएको छ । वैशाख ९ गते पार्टी स्थापनाको ७६ औँ वर्षगाँठ भव्य रूपले मनाउने सचिवालय बैठकले निर्णय गरेको हो।

सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ दिशा, ऊर्जा र सङ्कल्पका साथ अगाडि बढाउने सङ्कल्प गर्ने बताए।

उनले भने, ‘यस वर्ष पनि विगतका वर्षहरूमा जस्तै हामीले कम्युनिष्ट आन्दोलनमा महत्त्वपूर्ण योगदान गर्नुहुने विशिष्ट योद्धाहरूलाई कम्युनिष्ट योद्धाको हिसाबले सम्मान गर्छौँ।’

सम्मानित हुनेहरूमा लालबहादुर विश्वकर्मा (कञ्चनपुर), स्वर्गीय रत्न शर्मा न्यौपाने (जाजरकोट), शोभारम बस्नेत (दाङ), वाचस्पति देवकोटा (गोरखा), शान्ता मानवी (काठमाडौँ), सत्य नारायण मण्डल (सप्तरी) र हरिचरण सिवाकोटी (झापा) रहेका छन्। जाजरकोटका न्यौपानेको भने मृत्यु भइसकेकाले मरणोपरान्त सम्मान गर्न लागिएको बताए।

 

Comments

2 responses to “एमालेले ७ जनालाई ‘कम्युनिष्ट योद्धा’ का रूपमा सम्मान गर्ने, को-को परे ? (भिडिओ)”

  1. सुवास सर Avatar
    सुवास सर

    एक जना योद्धा हरि शर्मा काफ्लेलाई पनि सम्मान गर्नु पर्ने हो । उहाँ हाल सिकिस्त बिमारी अवस्थामा हुनु हुन्छ ।

  2. ksp pyl Avatar
    ksp pyl

    शेखर र गगनलाई अब देउवाको प्रधानमन्त्री हुने पालो आउन लाग्यो भनेर डाहा भएको छ । देउवा प्रधानमन्त्री भएमा आगामी चुनाव र महाअधिवेशन उनले भने अनुसार चल्ने भयो । त्यसो हुँदा गगन, शेखरको राजनीति चौपट हुने भयो । झापाको विश्वप्रकाशलाई ओलि सत्तामा भएको सहिनसक्नु हुन्छ किनकी ओलि सत्तामा भएपछि विकास गर्छन् र त्यसपछि त झापामा ओलि हाईहाई र काँग्रेस बाईबाई हुन्छ । त्यसैले काँग्रेसका यी भुरे टाकुरेहरू सरकार विरूद्व लागेका हुन् । तैपनि देउवा गठबन्धनप्रति प्रतिबद्व भएसम्म भुरे टाकुरेको हल्ला मात्र हो । देउवाले भनेकै कारण ओलि कुलमानलाई हटाउन तयार भएका हुन् । तर अहिले कुलमान हटाएको भनेर गाली ओलिले खानु परेको छ । कहाँसम्म भने गगन पनि ओलिलाई नै गाली गर्छ । काँग्रेसको मन्त्रीको सिफारिश अनि आरजू र देउवाको जोडबलमा ओलिले कुलमान हटाएका हुन् । तैपनि दोष जति ओलिले खाईरहेका छन् । नहटाईदिएको भए पनि ओलिलाई सरकार एकलौटी चलायो भनेर काँग्रेसका नै गाली गर्थे । राजनीतिक नियुक्ति बेचेर पैसा खान नपाएर काँग्रेसका केही भुरे टाकुरेलाई सहिनसक्नु भएको छ । प्रचण्ड त सत्ता बिना बाँच्नै नसक्ने भैसके । उनीमा त मानसिक रोग नै देखिएकोजस्तो गरि छटपटाहट छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *