सरकार फेरिने हल्ला प्रचण्डको कुण्ठामात्र : एमाले (भिडिओ)

काठमाडौं । माओवादी अध्यक्ष प्रचण्डले हिजो चितवनमा नयाँ वर्षसँगै सरकार फेरिने भनेर दिएको अभिव्यक्ति एमालेले खारेज गरेको छ ।

च्यासलमा भर्खरै सकिएको केन्द्रीय सचिवालय बैठकले प्रचण्डको सरकार परिवर्तनको भनाइ सत्ताबाहिर हुँदाको कुण्ठा र पीडा भएको निचोड निकालेको हो ।

बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘प्रचण्डले फेरि सरकार परिवर्तनको हल्ला गरिरहनुभएको छ । यो सरकार बाहिर हुँदाको कुण्ठा र पीडाबोध प्रकट हुन्छ । अहिले सरकार परिवर्तन न कतैबाट सम्भवन र सान्दर्भिकता छ न औचित्य छ । राष्ट्रिय राजनीतिको यावत् कुरा छाडेर सरकार परिवर्तनको कुरामात्र गर्नु भनेको सत्ता मोहबाहेक केही होइन । भ्रम सिर्जना गर्ने कोसिस भएको छ त्यसलाई हामीले खण्डन गरेका छौं ।’

अझै ‘बेटर पर्फर्मेन्स’ का लागि सरकारलाई भनिरहेको भन्दै उनले थपे, ‘केही कमीकमजोरीलाई आधार मानेर कोही व्यवस्था नै पल्टाउन कोसिस गर्ने अर्काथरी सरकार परिवर्तनको ध्यानमा मात्र जाने अस्थिरताका प्रयत्न हुन् ती गलत हुन् । सफल हुँदैनन् ।’

Comments

One response to “सरकार फेरिने हल्ला प्रचण्डको कुण्ठामात्र : एमाले (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    प्रचण्ड अब मानसिक सन्तुलन गुमाउने अवस्थामा पुग्न बेर छैन । सरकार बनेदेखि गयो, पल्टियो, ढल्यो भन्दै भन्दै आएका छन् । अब कुन दिन देखि ढल्यो, पल्टियो, गयो भन्दै बरबराउँदै हिडन बेर छैन । पदको लागि मान्छे समेत मार्नेले जे पनि गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *