पूर्वराजाको सन्देशप्रति एमालेको प्रश्न- लुटपाट र विध्वंस मच्चाउनु जनतामा आएको जागरण हो ? (भिडिओ)

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्लो शुभकामना सन्देशप्रति आपत्ति जनाएको छ । पूर्वराजाको मनमा राजतन्त्र फर्काउन सकिन्छ कि भन्ने आशा अझै जीवितै रहेको निष्कर्षसमेत एमालेले निकालेको छ ।

आज बसेको केन्द्रीय सचिवालयको ४८ औं बैठकले सो निष्कर्ष निकालेको हो । बैठकपछि पत्रकारसँग बोल्दै पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले चैत १५ गतेको आपराधिक घटनालाई ‘जनतामा आएको जागरणको रुपमा व्यक्त गर्न खोजिएको भन्दै’, आपत्ति जनाए ।

उनले भने, ‘हिजो मात्रै सन्देश बाहिर आएको छ, त्यो अभिव्यक्ति हेर्दा उहाँको मनमा राजतन्त्र फर्काउन सकिन्छ कि, अहिलेका उपलब्धीहरुलाई पछाडि फर्काउन सकिन्छ कि भन्ने आशा र सक्रियता जीवितै रहेको पायौं । त्यो गलत कुरा हो । चैत १५ गते अपराधिक घटनालाई जनतामा आएको जागरणको रुपमा व्यक्त गर्नुभयो । सर्वसाधारणको घरमा लुटपाट, तोडफोड र विध्वंस नै उहाँले खोजेको जागरण हो भने त्यो धेरै आपत्तिजनक हो ।’

बैठकले यस्ता खालका क्रियाकलाप नगर्न भनेको ज्ञवालीले जानकारी दिए । लोकतान्त्रिक गणतन्त्रको कोर्स उल्टाउने प्रयास कहीँबाट पनि नहोस भनेर बैठकले ध्यानाकर्षण गरेको उनले बताए ।

 

Comments

One response to “पूर्वराजाको सन्देशप्रति एमालेको प्रश्न- लुटपाट र विध्वंस मच्चाउनु जनतामा आएको जागरण हो ? (भिडिओ)”

  1. manaia thompson Avatar
    manaia thompson

    ye bahiraharu, aankha nabhayeka ra dimaagma bobar bhariyeka haru, afnai police report ra public ma aayeko report haru herna, padhna ra bujhna sakinas? jathaa haru. Machikne. Sahakari ma, school haru ma, hotel haru ma, kasko lagaanin badhi chha? timiharukai hoina? Huda huda Cambodia ma samma kasko lagani chha ha? pahile aafno mukh aina ma her ye manuwa ko rupma Hyena haru ho, Nepal aama ko kusantan haru ho.

Leave a Reply

Your email address will not be published. Required fields are marked *