कांग्रेस सुकिला-मुकिला र पैसावालको कब्जामा जाने खतरा देख्दैछु : शेखर

काठमाडौं । नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले नेपाली राष्ट्रियता, धर्म संस्कृति र समृद्धिको लागि एकपटक फेरि नेपाली कांग्रेसमा पूर्नजागरणकाल जगाउनुपर्ने बताएका छन् । नयाँ वर्ष २०८२ अवसरमा शुभकामना सन्देश जारी गर्दै कांग्रेसका इमान्दार, निस्वार्थी र स्वाभिमानी साथीहरूको सक्रियताविना पार्टीमा इमान र नैतिकताको राजनीतिक भावधारा बगाउन सम्भव नभएको बताए ।

उनले भनेका छन्, ‘हामी सबै राजनीतिमा देखिएको विकृति विसंगतिको चर्चा गर्छौं, यसको उपचारको खोजी पार्टी भित्रबाट गर्नुपर्छ भन्ने मेरो मान्यता हो । पार्टीको अगुवाइमा क्याम्पेन फर क्लिन पोलिटिक्सको अभियान नचलाई बस्ने हो भने बीपी कोइरालाले भन्नु भए झैँ कांग्रेस पार्टी सुकिला मुकिला र पैसावालको कब्जामा जाने खतरा छ । र, म त्यो देख्दैछु ।’

नयाँ वर्ष २०८२ को नारा पार्टीमा क्लिन पोलिटिक्स भनी अगाडि नसार्दा नागरिकको विश्वास र भरोसा जित्न गाह्रो रहेको उल्लेख गरेका छन् ।

कोइरालाले भनेका छन्, ‘कुशासन, भ्रष्टाचार, दण्डहीनता र अनियमितता संस्थागत भएर चुँडिदै गएको नागरिक र पार्टीको सम्बन्धलाई जोडन पार्टीभित्र शुद्धीकरण अभियान चलाउनुको विकल्प छैन । नेपालको संविधानलाई दक्षिणपन्थी भासबाट जोगाएर समसामयिक सुधार गर्दै अगाडि बढाउन कांग्रेसको तर्फबाट साथीहरू अगाडि आउनुपर्छ । यो वर्ष विधानतः कांग्रेस महाधिवेशनको वर्ष हो ।’

कुनै कारण देखाएर कांग्रेस महाधिवेशनलाई टार्न खोज्ने काम आत्मघाती हुने भन्दै यसतर्फ सचेत रहेका पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

जनतामाझ कांग्रेस लोकतन्त्र र राष्ट्रियताको संरक्षक र संवर्द्धक हो भनी चिनिने भन्दै वर्तमान समसामयिक राष्ट्रिय राजनीति, अन्तर्राष्ट्रिय राजनीति र राष्ट्रिय मुद्दाहरूमा कांग्रेसले आफ्नो गौरवशाली इतिहासलाई सम्झेर विवेकपूर्ण निर्णय लिएर अगाडि बढ्नुको विकल्प नभएको उल्लेख गरेका छन् ।

Comments

2 responses to “कांग्रेस सुकिला-मुकिला र पैसावालको कब्जामा जाने खतरा देख्दैछु : शेखर”

  1. ksp Avatar
    ksp

    पार्टीले केन्द्रमा बनाएको गठबन्धनको विरोधमा कोशीमा गठबन्धन बनाउने जस्तो नैतिकहिन काम गर्नेले पार्टीलाई सुकिलामुकिला र पैसावालबाट जोगाउने भन्ने कुरा हावा हो । र ९ महिना ओलिले केही गरेनन भन्ने शेखरलाई चुनौती छ कि यो ९ महिनामा ओलिले गरेको कामको १ चौथाई कसैले गर्थ्यो भने भन । समृद्वि र स्वाभिमानको मामिलामा ओलिलाई चुनौती दिने ? भन्न त जे बोले पनि भयो । बोलेको कुरामा जवाफदेहि बन्नु नपर्ने समाजमा जे बोले पनि भयो ।

  2. ksp Avatar
    ksp

    पार्टीले केन्द्रमा बनाएको गठबन्धनको विरोधमा कोशीमा गठबन्धन बनाउने जस्तो नैतिकहिन काम गर्नेले पार्टीलाई सुकिलामुकिला र पैसावालबाट जोगाउने भन्ने कुरा हावा हो । र ९ महिना ओलिले केही गरेनन भन्ने शेखरलाई चुनौती छ कि यो ९ महिनामा ओलिले गरेको कामको १ चौथाई कसैले गर्थ्यो भने भन । समृद्वि र स्वाभिमानको मामिलामा ओलिलाई चुनौती दिने ? भन्न त जे बोले पनि भयो । बोलेको कुरामा जवाफदेहि बन्नु नपर्ने समाजमा जे बोले पनि भयो । ओलिको विरोध गरेर राजनीतिमा स्थापित हुनेको लाईनमा तिमी पनि छौ । त्यसैले धिक्कार छ तिमीलाई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *