काठमाडौं । नयाँ वर्ष २०८२ को अवसरमा जम्बो इको भेहिकलले आकर्षक योजना ल्याएको छ ।
कम्पनीले ‘जम्वो इको भेहिकलको धमाका’ अन्तर्गत ग्राहकहरूलाई ५० हजारसम्मको नगद छुटका साथै विभिन्न उपहार योजना सार्वजनिक गरेको हो ।
इलेक्ट्रिक स्कुटर खरिद गर्दा ग्राहकको सुरक्षालाई प्राथमिकतामा राख्दै कम्पनीले दुर्घटना बीमा तथा आईएसआई मापदण्ड अनुसारको हेलमेटसमेत निःशुल्क प्रदान गर्ने कम्पनीले जनाएको छ । साथै स्कुटर खरिदलाई थप सहज र सरल बनाउन कम्पनीले स्पोट फाइनान्सको सुविधा पनि उपलब्ध गराएको छ ।
काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरलाई केन्द्रित गरी लोकन्थलीमा जम्वो इको भेहिकलको मल्टी ब्राण्ड शोरुम सञ्चालनमा छ । उक्त शोरुमबाट लेवनिङ, एम.डि.के.ए., ग्यारो, पियोर ईभीलगायतका प्रतिष्ठित ब्राण्डका इलेक्ट्रिक स्कुटरहरू एकै स्थानबाट उपलब्ध छन् ।
साथै, स्कुटर वा बाइक चलाउन आवश्यक पर्ने लाइसेन्स नभएका ग्राहकका लागि कम्पनीले विभिन्न मोडेलका इलेक्ट्रिक साइकलहरू पनि सहज मूल्यमा बिह्री हुँदै आएको छ ।
शोरुमले स्कुटर तथा साइकल बिक्रीमात्र नभई बिक्रीपछिको सेवामा पनि विशेष ध्यान दिँदै आएको छ । सर्भिस, ब्याट्री, मोटर, चार्जर लगायतका स्पेयर पार्ट्सहरू पनि उचित मूल्यमा एउटै छानामुनि उपलब्ध गराइएको छ । ग्राहकको सुविधाका लागि होम सर्भिसको व्यवस्था गरिएको पनि कम्पनीका प्रतिनिधिले जनाएका छन्।
हाल कम्पनीले ३५० वाटदेखि ३००० वाट मोटर र ७२ भोल्ट क्षमतासम्मका इलेक्ट्रिक स्कुटर तथा ई-साइकलहरू बिक्री वितरण गरिरहेको छ, जसको मूल्य ६० हजारदेखि ३ लाख २० हजारसम्म छ । यी सबै मोडेलमा नयाँ वर्षको विशेष छुट तथा योजनाहरू लागू हुनेछन् ।

Leave a Reply