हुण्डीको ९ लाखसहित न्यूरोडबाट एक किशोरी पक्राउ

काठमाडौं । हुण्डीको मोटो रकमसिहत एक किशोरी प्रहरीको फन्दामा परेकी छन् ।

प्रहरीले आइतबार दिउँसो गोरखा पालुङटार नगरपालिका–१० बागडाँडाकी १९ वर्षीया करिना देवकोटालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहराका अनुसार उनको साथबाट ९ लाख नगद र ६ लाखको चेक बरामद गरिएको छ ।

न्यूरोडमा हुन्डी कारोबार भइरहेको सूचनाको आधारमा प्रहरी वृत्त जनसेवाले खोजतलास गरेको बोहराले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *