वर्षाले भैरहवामा आजदेखि हुने सिद्धार्थ सडक खाना महोत्सव स्थगित, बुटवलको पनि प्रभावित

रुपन्देही । वर्षा र हावाहुरीका कारण होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीले आज भैरहवामा गर्न लागेको सिद्धार्थ सडक खाना महोत्सव स्थगित भएको छ ।

संघको आयोजना तथा सिद्धार्थनगर नगरपालिकाको सहआयोजनामा आज भैरहवामा हुने भनिएको सिद्धार्थ सडक खाना महोत्सव–२०८१ मौसमको प्रतिकूलताका कारण वैशाख १ गते भोली सञ्चालन गरिने संगठनका महासचिव बाल बहादुर घिमिरे (सुनिल)ले जनाएका छन् ।

सोमबार साँझ ६ बजेदेखि राती १२ बजेसम्म सिद्धार्थनगर नगरपालिका–३ स्थित रंगशाला रोडमा महोत्सव सञ्चालन हुनेछ ।

‘कार्यक्रमको मिति परिवर्तन गरिएको र यसबाट पर्ने असुविधाका लागि सम्पूर्ण निकाय र व्यवसायीप्रति क्षमायाचना गर्दछौं’, महासचिव घिमिरेले भने ।

यसैगरी हिजोदेखि बुटवलमा सुरु भएको तीन दिने सडक महोत्सव पनि हावाहुरी र पानीले प्रभावित भएको छ । स्टलधनीले तयार गरेपनि हुरीले सबै सल्टाईदिएको व्यवसायीले जनाएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *