मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको बोर्डको नाम मेटाइएपछि कारबाहीको माग

हेटौंडा । हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट अलग गर्नुपर्ने माग राख्दै आन्दोलनरत हेटौंडाका केही युवाको समूहले अस्पतालको बोर्डबाट प्रतिष्ठानको नाम मेटाएका छन् ।

आज प्रतिष्ठान परिषरमा पुगेर उनिहरुले प्रतिष्ठानको नाम मेटाएका हुन् ।

हेटौँडा अस्पताल बचाउ तथा सुधार अभियान समितिको नाउँबाट आन्दोलनरत समुहका युवाहरु पुगेर बोर्डबाट ‘मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान’ शब्द रङ दलेर मेटाउँदै उनीहरुले त्यस स्थानमा अर्को बोर्ड समेत राखेका छन् ।

हेटौंडामा रहेको एकमात्र सरकारी अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभ्न नहुने भन्दै उनिहरुले विभिन्न चरणमा आन्दोल गर्दै आएका छन् ।

बागमती प्रदेश सरकारले हेटौंडा अस्पताललाई प्रतिष्ठानमा गाभेर मेडिकल कलेजको रुपमा विस्तार गरेको छ ।

यसैबीच प्रतिष्ठानले विज्ञप्ति जारी गर्दै बोर्ड तोडफोडमा संलग्नलाई कारबाहीको माग गरेको छ । प्रतिष्ठानका निमित्त उपकुलपति डा दिनेशकुमार लम्साल र रजिस्ट्रार भिमसागर गुरागाईँले हस्ताक्षर गरेको विज्ञप्तिमा अवाञ्छित र आपत्तिजनक गतिविधिको घोर भत्र्सना गर्दै अस्पतालको बोर्डमा गरिएको तोडफोड कानुन विपरीत भएको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘२०७६ साल आश्विन २ गते बागमती प्रदेश सरकारले स्थापना गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत हेटौँडा अस्पताल सञ्चालनमा रहेको छ । अध्ययन, अध्यापन र अनुसन्धानलाई प्रवद्र्धन गर्दै अन्तर्राष्ट्रिय मान्यता प्राप्त दक्ष जनशक्ति उत्पादन गर्ने तथा सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा दिने प्रतिष्ठानको उद्देश्य रहेको छ ।’

प्रतिष्ठानका अनुसार हाल १०० भन्दा बढी विशेषज्ञ चिकित्सकहरूबाट दैनिक १ हजार ५०० भन्दा बढी बिरामीलाई सेवा प्रवाह भइरहेको छ ।

‘स्वास्थ्य सेवा एक अत्यावश्यक सेवा हो । यस्ता गैरकानुनी कार्यले उपचाररत बिरामीहरू, स्वास्थ्यकर्मी तथा सेवाग्राहीहरूमा त्रास, अन्योल र असुरक्षा उत्पन्न भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘उक्त घटनाका दोषीहरूलाई तुरुन्त छानबिन गरी कानुनी दायरामा ल्याउन सम्बन्धित निकायलाई आग्रह गर्दछौं ।’

 

Comments

One response to “मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको बोर्डको नाम मेटाइएपछि कारबाहीको माग”

  1. Nick Kashyap Avatar
    Nick Kashyap

    को हो यो भॅडारी? जसको नामबाट हस्पिटल , युनिभर्सिटी खोलिएको छ, रोडको नाम राखिएको छ। के देन दिएका छन् नेपालीलाइ यो भॅडारीले। एउटा पार्टीको नेता हुदैमा हामी नेपालीले मानिदिनुपर्ने जबरजस्ती? यस्तो अनावश्यक व्यक्ति पूजा नेपाली माथी लाद्दैछन् मार्क्सबादी र समाजबादीले। यि नेताले बोकेको सिदान्त सही भएको भए लाखौ जनता सम्भावित भोकमरिबाट बच्न खाडी मलेसिया जापान कोरिया युरोपमा श्रम बेच्न जान पर्दैन थियो। यी भुत्ते सिदान्त बोक्ने नेतालाइ पुज्न बन्द गरौ। नेताको नाममा राखेका संस्थाको नाम परिवर्तन गरौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *