नेप्से परिसूचक ८ अङ्कले घट्यो

काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ८.६२ अङ्कले घटेर २६६२.०८ को बिन्दुमा कायम भएको छ । आज विभिन्न ३२२ कम्पनीका एक करोड ३१ लाख ८९ हजार ३२८ कित्ता शेयर ५४ हजार ३६१ पटक खरिदबिक्री हुँदा ६ अर्ब २८ करोड दुई लाख ९६ हजार २४५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा होटल तथा पर्यटन समूह ०.१४, लगानी १.६८, म्युचुअल फन्ड ०.२६ र निर्जीवन बीमा ०.०८ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ ।

बैंकिङ ०.२१, विकास बैंक ०.७७, वित्त ०.८८, जलविद्युत् ०.४५, जीवन बीमा ०.६१ र उत्पादन तथा प्रशोधन समूह ०.८४ प्रतिशतले घटेको छ । त्यस्तै लघुवित्त ०.२६, व्यापार १.४० र अन्य समूह ०.८० प्रतिशतले घटेको छ ।

गुडविल फाइनान्स लिमिटेड डिबेञ्चर-२०८३ र नेपाल माइक्रोइन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सीईडीबी होल्डिङ्स लिमिटेडको ४५ करोड ३२ लाख नौ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा भने सबैभन्दा धेरै राधी विद्युत कम्पनी लिमिटेडको आठ लाख ९४ हजार ५१० कित्ता शेयर किनबेच भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *