भाटभटेनीबाट रक्सी र सुन्तला चोर्नेहरू धमाधम छुट्दै

काठमाडौं । राजावादी प्रदर्शनका क्रममा चैत १५ गते चोरी तथा लुटपाटमा संलग्न व्यक्तिहरू प्रहरी हिरासतबाट छुट्न थालेका छन् ।

कोटेश्वरस्थित भाटभटेनी सुपरस्टोरबाट स्याउ, रक्सी, लत्ताकपडा, कोल्डड्रिंक्स चोर्नेहरूलाई विभिन्न मितिमा प्रहरीको काठमाडौं अपराध अनुसन्धान कार्यालयले पक्राउ गरी जिल्ला प्रहरी परिसर, काठमाडौंमा बुझाएको थियो । तीमध्ये ८ जना कसुरको मात्रा कम भएको भन्दै घर गइसकेका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीका अनुसार जिल्ला अदालतले उनीहरूलाई हाजिर जमानीमा रिहा गर्न आदेश गरेपछि घर पठाइएको बताए ।

‘नियतवश नभएर लहलहैमा त्यस्तो गरेका रहेछन्, केही दिन हिरासतमा राख्नु नै उनीहरूका लागि ठूलो सजाय भइसकेको थियो’, अधिकारीले भने, ‘त्यसपछि अदालतले पनि धरौटी नमागी आफन्तको जिम्मामा बुझाइदिन भन्यो ।’

उनीहरू विरुद्ध आपराधिक उपद्रव मुद्दा चलाइएको थियो । सोही ऐनअनुसार मुद्दा चलाइएका अन्य कसुरदार भने प्रहरी हिरासतमै छन् ।

आगलागी, सवारी साधन तोडफोडजस्ता कसुरमा संलग्न व्यक्ति भने अहिल्यै रिहा नहुने अधिकारीले बताए ।

Comments

One response to “भाटभटेनीबाट रक्सी र सुन्तला चोर्नेहरू धमाधम छुट्दै”

  1. manaia thompson Avatar
    manaia thompson

    Kinaki yiniharu jyaanmaaraa [17000 + 4 (tinkune ma mariyeka 2 jaana included)] “maobadi = Khaobadi = Jyaanmaaraa party ka jhole haru thiye

Leave a Reply

Your email address will not be published. Required fields are marked *