फोनिजको अध्यक्षमा लक्की चौधरी सर्वसम्मत, अधिकांश पदाधिकारी सर्वसम्मत भए पनि केहीमा निर्वाचन

रुपन्देही । नेपाल आदिवासी जनजाति पत्रकार संघ (फ‍ोनिज) को अध्यक्षमा लक्की चौधरी निर्विरोध निर्वाचित भएका छन् ।

अध्यक्षसहितका केही पदाधिकारी निर्विरोध निर्वाचित भए पनि केही पदाधिकारीसहित खुला केन्द्रीय सदस्यमा भने निर्वाचन भएको थियो ।

रुपन्देहीको लुम्बिनीमा सम्पन्न संघीय अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा सरु राना र महिला उपाध्यक्षमा अन्जना सिल्पकार, महासचिव समिर बलामी र अल्पसंख्यक सचिवमा लिला दरई सर्वसम्मत भएका छन् ।

त्यसैगरी खुला उपाध्यक्षमा विश्वराज तामाङ, कोषाध्यक्ष अर्जुन तामाङ र तीन सचिवमा मिलन गाहा, एमबी मगर र सन्दिप श्रेष्ठ, महिला सचिवमा माया पालुङ निर्वाचनमार्फत चुनिएका छन् । सचिवमा ८ जनाको प्रतिस्पर्धा भएको थियो ।

१५ जना पदाधिकारीसहित ४९ सदस्यीय कार्यसमितिको चयन भएको नवनिर्वाचित सचिव मिलन गाहाले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *