हेटौँडा । इङ्लिस प्रिमियर लिग (इपीएल)को मध्य सिजनसम्म उपाधि होडमा लिभरपुललाई च्यालेन्ज गरिरहेको नटिङ्घम फरेस्टले पछिल्लो खेलमा आफ्नो लयलाई गुमाउने क्रमलाई जारी राखेको छ ।
गत अप्रिल ५ मा एस्टन भिल्लालाई १-२ ले नतिजा सुम्पिएको फरेस्टले शनिवार रातिको खेलमा यो सिजन रेलिगेसनबाट केही माथि मात्र रहेको एभर्टनसँग पनि पराजय बेहोरेको छ ।
घरेलु मैदानमा भएको खेलमा एभर्टनसँग १-० ले पराजित भएसँगै उसले आगामी सिजन च्याम्पियन्स लिग खेल्न समेत संघर्ष गर्नुपर्ने देखिएको छ ।
खेलको निर्धारित समय ९० मिनेटसम्म बराबरीमा रोकिएको नटिङ्घमले इन्जुरी समयमा एभर्टनबाट गोल बेहोरेपछि महत्त्वपूर्ण तीन अङ्क गुमाएको छ ।
३२ औँ चरको खेलमा एभर्टनलाई महत्त्वपूर्ण तीन अङ्क दिलाउन अब्दुल्लाह डोक्योरेले गोल गरेपछि फरेस्ट घरमा नै निराश बन्न पुगेको छ । पराजयको बाबजुद पनि फरेस्ट ५७ अङ्क सहित तालिकाको तेस्रो स्थानमा कायम भने छ ।
शनिवारको जितपछि एभर्टनको रेलिगेसनको दबाब भने केही कम भएको छ । उस्को ३२ खेलबाट ३८ अङ्क पुगेको छ भने तालिकाको १४ औँ स्थानमा छ ।
शनिवार भएको अन्य खेलमा तेलिगेसनमा परिसकेको साउथह्याम्पटनलाई एस्टन भिल्लाले ३-० गोलले पराजित गरेको छ ।
अर्को खेलमा रेलिगेसन जोनमा रहेको लेस्टर सिटी र ब्राइटन २-२ बराबरीमा रोकिएको छ ।

Leave a Reply