मकवानपुरमा चट्याङ लागेर छोराको मृत्यु, बुबा घाइते

हेटौंडा । मकवानपुरमा चट्याङ लागेर एकजनाको ज्यान गएको छ भने दुईजना घाइते भएका छन् ।

आइतबार अपराह्न पानीसँगै परेको चट्याङ लागेर पश्चिम मकवानपुरको मनहरीमा एकजनाको ज्यान गएको हो ।मकवानपुर प्रहरीका अनुसार मृत्यु हुनेमा मनहरी गाउँपालिका वडा नम्बर ५ दरदराका २८ वर्षीय अबिर थिङ रहेका छन् ।

प्रहरीको अनुसार मनहरी-५ बसन्तपुरमा आफन्तको घरबाट आफ्नो घर जाँदै गर्दा थिङ्को चट्याङको कारण ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता श्यामु अर्यालको अनुसार चट्याङको कारण थिङका बुबा सिहबहादुर थिङ र हिरामान गोलेका १० वर्षिय छोरा सौगात गोले भने सामान्य घाईते भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *