बालाजु औद्योगिक क्षेत्रको आगलागी नियन्त्रणमा

काठमाडौं । बालाजु औद्योगिक क्षेत्रको प्लास्टिक उद्योगमा लागेको आगलागी नियन्त्रणमा आएको छ ।

नेपाली सेना, नेपाल प्रहरी, महानगरपालिका र सशस्त्र प्रहरीको गरी ८ वटाभन्दा बढी दमकलको प्रयासपछि औद्योगिक क्षेत्रस्थित गोदावरी प्लास्टिक प्रिन्टिङ प्रेसमा लागेको आगो नियन्त्रणमा आएको हो ।

जिल्ला प्रहरी प्रवक्ता एसपी अपिलराज बोहराले नियन्त्रणमा आगो के कसरी लागेको अहिलेसम्म नखुलेको बताए ।

उनका अनुसार घटनामा कुनै मानवीय क्षति भएको छ । अन्य क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *