काठमाडौं । आगलागीको रफ्तार अत्यधिक भएका कारण बालाजु औद्योगिक क्षेत्रमा लागेको भीषण आगलागी सामान्य दमकलबाट नियन्त्रणमा आउने सम्भावना कम देखिएको छ । त्यसैले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अत्यधिक प्रज्ज्वलनशील आगो नियन्त्रण गर्ने दमकल बालाजु गएकाे प्रहरीले जनाएको छ ।
उक्त दमकल विमानमा आगलागी भएको अवस्था नियन्त्रण गर्न एयरपोर्टमा स्ट्यान्डबाई राखिएको थियो । विमानस्थलबाट हिंडेको फोमवाला दमकल बालाजु भने अझै पुगेन ।

प्लाष्टिक कारखानामा केमिकलयुक्त पदार्थ बढी भएका कारण आगो नियन्त्रणमा ल्याउन कठिन भएको प्रहरीले जनाएको छ । अहिलेसम्म मानवीय क्षति नभएको प्रहरीले जनायो ।

बालाजुमा अन्य पाँच वटा दमकल पुगेका छन्, तर आगो नियन्त्रणमा आउन नसकेको काठमाडौं प्रहरीले जनाएको छ ।
तस्बिरहरु: उमेश कार्की

Leave a Reply