वीरगञ्ज तनावग्रस्त, शोभायात्रामा ढुङ्गा हानेको भन्दै तोडफोड (तस्बिरहरु)

जनकपुरधाम । पर्साको वीरगञ्ज महानगरपालिका २ छपकैयामा हनुमान जयन्तीको अवसरमा निकालिएको शोभायात्राको क्रममा तोडफोड र झडप भएको छ ।

शोभायात्रामा अन्य समुदायका व्यक्तिहरुले ढुङ्गा हानेको भन्दै हिन्दू युवाहरु तोडफोडमा उत्रिएका हुन् । उनीहरुले मुस्लिम समुदायले सञ्चालन गरेको होटलमा समेत तोडफोड गरेका छन् । प्रहरीले स्थिति नियन्त्रणमा लिन खोज्दा झडप भएको छ ।

प्रहरीले लाठीचार्ज र अश्रुग्याँस हान्न थालेपछि अवस्था थप तनावग्रस्त बनेको छ । पर्साका प्रहरी प्रमुख एसपी गौतम मिश्रले छपकैयाको अवस्था तनावग्रस्त बनेको र स्थिति नियन्त्रणमा लिन प्रयास जारी राखेको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *