काठमाडौं । शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र मल्टिस्टारर चलचित्र ‘पिताम्बर’ को टिम यतिबेला हल भिजिटमा व्यस्त छ। दर्शनसँग प्रत्यक्ष साक्षात्कार गर्न कलाकारहरु देखि चलचित्रकी निर्देशक कृषा चौलागाईंसम्म एक हलदेखी अर्को हल दौडिरहेका छन्।
आज शनिबार सार्वजनिक बिदा भएकाले पनि दर्शकहरु चलचित्र हेर्न हल पुगिरहेका छन् । पहिलो दिन सुखद प्रतिक्रिया पाएको यो चलचित्रको आजको अकुपेन्सी, हिजोको भन्दा केही राम्रो छ। सोचे जस्तो प्रतिक्रिया पाएका कारण चलचित्रको टिम खुसी छ। दर्शकको प्रतिक्रिया बुज्न हलहल पुगिरहेकी चलचित्रकी निर्देशक कृषा चौलागाईं भन्छिन्,‘चलचित्रप्रति विश्वास थियो नै। यद्यपि, दर्शकको सकारात्मक प्रतिक्रियाले झनै खुसी बनाएको छ।’
यता दर्शक भेट्न् पुगेका नायक प्रदीप खड्कालाई भने हलमा कसैले जुरुक्कै उचालेर बोकिरहेका थिए भने एक दर्शकले त उनलाई चुम्मै खाए। चलचित्र मन परेको भन्दै उक्त दर्शकले प्रदिपको गालामा किस खाए। दर्शकले किस नै खाएपछि प्रदिपले खुसी हुँदै सुनाए,’यो दर्शकको माया हो। उत्साह हो। हामी एकदम खुसी छौं ।’
आफुले नै चलचित्र हेर्न नपाएको बताउँदै प्रदिपले भने,’खासमा म आफैले चलचित्र हेर्न पाएको छैन। यस्तो अन्तरवार्ताहरूमा बोल्दाबोल्दै कथा खुलाउदिन्छन भनेर होला कृषा दिदिले फिल्म नै हेर्न दिनु भएको छैन । दर्शकको प्रतिक्रियाले आफैलाई एक चोटि फिल्म हेर्न मन छ। मलाई त फिल्ममा पिताम्बर को हो भन्ने समेत थाहा छैन।’
चलचित्र हेरेर निस्किएका कति दर्शकहरु ‘पिताम्बर २’ चाहियो भन्दै कराउँदै निस्किएका थिए। दर्शकको यस्तो हुटिङ र साथले अन्य कलाकारहरू दिव्या रायमाझी, दिव्यदेव पन्त, अनुप विक्रम शाही, प्रमोद अग्रहरीलगायतका कलाकारले पनि खुसी मिलेको बताएका छ्न।
कृषा चौलागाईं निर्देशित चलचित्रमा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रवीन्द्र झा, प्रमोद अग्रहरी, आर्यन सिग्देल, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यादेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रवीन्द्र भट्टराईको अभिनय छ ।
विशाल चौलागाईं निर्माता रहेको चलचित्रमा पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह–निर्माता, सुमन गौतम कार्यकारी निर्माता, प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद, पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायाङ्कन, बन्दे प्रसादको सम्पादन र ट्रेलर, समीर मिया र सत्यम रानाको भीएफएक्स, आशीष अविरल र बाबुल गिरीको सङ्गीत र हिमाल केसीको द्वन्द्व छ ।

Leave a Reply