इन्द्रप्रसाद तिवारी बने गण्डकी विश्वविद्यालयको कुलपति

पोखरा ।  गण्डकी विश्वविद्यालयको कुलपतिमा पोखरा महानगरपालिका–३१ का प्रा.डा. इन्द्रप्रसाद तिवारी नियुक्त भएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तिवारीलाई कुलपति नियुक्त गरेका हुन् ।

विश्वविद्यालय न्याषिक परिषद्ले प्राडा तिवारीसहित प्राडा विश्वकल्याण पराजुली र प्रा.डा सरोज कोइरालाको नाम सिफारिस गरेको थियो ।

पहिलो कुलपति प्रा.डा गणेशमान गुरुङको कार्यकाल सकिएसँगै विश्वविद्यालयले कुलपति नियुक्ति प्रक्रियाको थालनि गरेको थियो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *