विष्णु पौडेलको मत किन कम आयो पार्टीमा गम्भीर समीक्षा होस्: केपी ओली

रूपन्देही । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमै नमुना विकासको काम गरेको र आफ्नो क्षेत्रमा पनि विकासका नमुना अभ्यास गरेका उपाध्यक्ष विष्णु प्रसाद पौडेललाई पछिल्लो निर्वाचनमा कम मत आएकोमा असन्तुष्टि जनाएका छन् ।

‘यो क्षेत्रबाट लगातार केन्द्रमा प्रतिनिधित्व गर्नुभएको मात्रै होइन देशमै नमुना काम गर्नुभएको छ तर पछिल्लोनिर्वाचनमा उहाँको मत किन कम आयो, यो समीक्षा हुन जरुरत छू आज पौडेलको गृहनगर बुटवलमा आयोजित जागरण सभामा उनले भनेू यो यहाँका स्थानीयले पनि बुझ्नुपर्छ र पार्टीका नेता कार्यकर्ताले गम्भीर समीक्षा गर्न जरुरत छ ।’

रूपन्देही २ पार्टीको बलियो आधार क्षेत्र भएको तर यस्तो ठाउँमा आएको मत परिणामका विषयमा नेतृत्वले समीक्षा गरेर जानुपर्ने उनले बताए ।
उनले अहिले पार्टीका महासचिव रहेका नेता शंकर पोखरेल मुख्यमन्त्री हुँदा प्रदेशले नमुना काम गरेको भन्दै प्रशंसा गरे ।

Comments

4 responses to “विष्णु पौडेलको मत किन कम आयो पार्टीमा गम्भीर समीक्षा होस्: केपी ओली”

  1. लोकराज शर्मा Avatar
    लोकराज शर्मा

    शंकर पोखरेलको नमूना काम भनेको पछाडी बाट हो । बिष्णु पौडेलको भोट कम आउनुमा सिधै तपाईंसँग जोडिन्छ ।

  2. कृष्ण Avatar
    कृष्ण

    अब आउने निर्वाचनमा बिष्णेको जमानत जफत हुन्छ हेर्दै जानु।

  3. Ishwori prasad rijal Avatar
    Ishwori prasad rijal

    के नमुना गरेछ्न शंकर पोखरेल ले, राजधानी दाङ लगे🤔🤔😡😡😡

  4. नमस्ते नेपाल Avatar
    नमस्ते नेपाल

    बिष्णु पौडेलले धाधली नगरेको भये जित्थ्यो र?अब बिष्णु पौडेल सुकुम्बासी नै हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *