दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अदालतको अनुमति (भिडिओ)

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

आज बिहान झापाबाट पक्राउ परेका प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरेको हो ।

प्रहरीले माग गरेको १२ दिनको अनुसन्धान अवधिलाई जिल्ला अदालतले मिलान गरेको हाे । साेही अनुसार अदालतले  म्याद थपेकेा जिल्ला प्रहरी प्रवक्ता अपिलराज बोहराले बताए ।

चैत १५ गतेको राजावादी प्रदर्शनको क्रममा प्रहरीलाई नै किच्ने गरी गाडी चलाएर भिडलाई उत्तेजित पारेलगत्तै उनी फरार थिए ।

 

Comments

One response to “दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अदालतको अनुमति (भिडिओ)”

  1. Janak Chaudhary Avatar
    Janak Chaudhary

    दुर्गा सर भन्दै चिच्याने भदाैरेहरूको चेतना देख्दा उदेक लाग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *