दुर्गा प्रसाईँको म्याद थप प्रक्रिया सुरू- अदालत लगियो

काठमाडौं । राजतन्त्र पुन:स्थापना जनआन्दोलन समितिका कमाण्डर दुर्गा प्रसाईँको म्याद थप प्रक्रिया सुरू गरिएको छ । झापाको भद्रपुरबाट प्रहरीले नियन्त्रणमा लिएका उनलाई चन्द्रगढीबाट जहाजमा काठमाडौं ल्याइएको थियो ।

उनलाई त्रिभुवन विमानस्थलबाट सिधै जिल्ला प्रहरी परिसर काठमाडौं लगिएको थियो । उनलाई प्रहरीले म्याद थपको प्रक्रिया सुरू गरेको छ । सरकारी वकिलको कार्यालयमा प्रशासनिक प्रक्रियापश्चात उनलाई अहिले काठमाडौं जिल्ला अदालत लगिएको छ ।

प्रसाईंमाथि राज्यविरुद्धको अपराध र संगठित अपराधमा अनुसन्धान गर्ने प्रहरीले जनाएको छ ।

पत्रकार र भिड छल्दै प्रहरीले भ्यान सिधै सरकारी वकिल कार्यालयको पार्किङमा हालेको थियो ।

उनलाई लिन विमानस्थलमा नेपाल प्रहरीका तीनवटा गाडी भित्रै गएका थिए । त्यसमध्ये डीएसपीको गाडीले सञ्चारकर्मीको आँखा छल्दै वैकल्पिक बाटोबाट उनलाई बाहिर निकालेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *