दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइयो, विमानस्थलबाट सुटुक्क निकालियो

काठमाडौं । झापाको भद्रपुरबाट प्रहरीले नियन्त्रणमा लिएका व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइएको छ ।

उनलाई बुद्ध एअरको जहाजमार्फत आज काठमाडौं ल्याइएको हो ।

उनलाई लिन विमानस्थलमा नेपाल प्रहरीका तीनवटा गाडी भित्रै गएका थिए । त्यसमध्ये डीएसपीको गाडीले सञ्चारकर्मीको आँखा छल्दै वैकल्पिक बाटोबाट उनलाई बाहिर निकालेको छ ।

अहिले उनलाई प्रहरी परिसर काठमाडौं पुर्‍याइएको छ ।

तीनकुनेमा अराजकता मच्चाउने समूहका अगुवा प्रसाईंमाथि अनुसन्धानका लागि आजै म्याद थप गर्ने तयारी भएको छ ।

प्रहरीले अहिले कागजात मिलाइरहेको छ । उनलाई आजै म्याद थपका जिल्ला अदालत काठमाडौं लग्नेछ ।

तस्बिर- राजकुमार ओली/रासस

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *