दुर्गा प्रसाईँले आत्मसमर्पण गरेको सचिवालयको भनाइ

काठमाडौं । राजा ल्याउने आन्दोलनका कमाण्डर दुर्गा प्रसाईँले आसाम प्रहरीसमक्ष आत्मसमर्पण गरेको उनको सचिवालयले जनाएको छ ।

सचिवालयको फेसबुक पेजमा केहीबेरअघि स्टाटस मार्फत उक्त जानकारी गराएको हो ।

९:१३ मा हालिएको फेसबुक स्टाटसमा लेखिएको छ, ‘अहिले २ घण्टा अगाडि हाम्रा अभियानका संयोजक श्री दुर्गा प्रसाईंज्यूले आफ्नो सुरक्षा को लागि आफैँ भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गर्नुभएको छ, हिजोमात्र हामी ले भिडिओ मार्फत हाम्रो ज्यानको सुरक्षा को ग्यारेन्टी भए २४ घण्टाभित्र उपस्थित हुन्छौं,भनेका थियौं र आज उपस्थित भयौं !’

Comments

One response to “दुर्गा प्रसाईँले आत्मसमर्पण गरेको सचिवालयको भनाइ”

  1. बिकास गिरी Avatar

    नेपालमै छु भारतमा होईन भनेर झुट माथी झुट बोलिरहेको थियो त ! झुट पनि कति बोल्न सक्ने के! ! हैट दुर्गे !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *