प्रचण्डको सन्देश लिएर सुरेश रजकको घर पुगे प्रवक्ता

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले राजावादीको आगजनीबाट चैत्र १५ मा ज्यान गुमाएका पत्रकार सुरेश रजकको ताहाचलस्थित घरमा पुगेर परिवारलाई भेटेका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सन्देश लिएर पुगेका प्रवक्ता सापकोटाले रजकका अभिभावक तथा परिवारको चासोलाई गम्भीरतापूर्वक सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् ।

No description available.

परिवारले घटनाको सत्यतथ्य छानबिन गर्न, दोषीलाई कारबाही गर्न, सुरेशलाई सहिद घोषणा गर्न र तीनकुनेमा उनको सालिक बनाउन माग गरेका छन् । परिवारको मागप्रति आफ्नो पार्टीको ऐक्यबद्धता रहेको र जतिसक्दो चाँडै तथ्यपूर्ण छानबिन गरी सुरेश, अभिभावक र परिवारलाई न्याय दिन पार्टीले सरकारलाई दबाब दिइरहेको प्रवक्ता सापकोटाले जानकारी गराए ।

बिहीबार दिउसो प्रेस सेन्टर नेपालका अध्यक्ष कमल गिरीसहित पार्टी प्रवक्ता सापकोटा सुरेश रजकको परिवारसँग भेट गर्न पुगेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *